Tuesday, February 17, 2015

दाहाल प्रतिष्ठानमा पुराणको रौनक

दाहाल प्रतिष्ठानमा पुराणको रौनक:==
२०७१ साल माघ २७ गते देखि सुरुभएको श्रीमद्भागवत सप्ताह महापुराणमा दाहाल परीवार लगायत इस्टमित्रहरुको बिशाल घुइचो देखिएको छ भने उक्त पुराण सम्पन्न गर्न आर्थिक सहयोग आउने क्रम पनि भई रहेको छ |रु एकलाख एकहजार एकसय तेह्र रुपैया सहयोग गर्ने श्रीमती गौरा देवी दाहाल छोरा पुण्य प्रसाद दाहाल{दाहाल प्रतिष्ठान केन्द्रिय माहासचिब}परिवारलाई आज सम्मान समेत गरीयको थियो |
Like · 

Tuesday, February 10, 2015

महापुराण को तयारी पुरा

महापुराण को तयारी पुरा
पर्सि माघ २७ देखि फाल्गुण ५ सम्म दाहाल प्रतिष्ठान को केन्द्रीय कार्यालय दमक =८ झापामा हुन् गइ रहेको श्रीमद्भागवत सप्ताह महाज्ञान को तयारी पुराभई सकेको छ भने उक्त महापुराण प्रचार को क्रममा २०७१ माघ २४ गते दाहाल प्रतिष्ठानको प्रांगणबाट मोटर साइक-यालीले दमक र उर्लाबारी बजार परिक्रमा गरेको थियो |

Like · 

Thursday, January 8, 2015

यी दानबीर बन्धुहरुलाई सधै दिन पुगोस

यी दानबीर बन्धुहरुलाई सधै दिन पुगोस :}==
ओखलढुंगा जिल्ला हाल सिध्धिचरण नगरपालिका वार्ड नम्बर -३ का सनमान के.सी. दाहाल र धनमान के.सी दाहालका सन्ततिहरुले बिभिन्न संघ संस्थाहरुलाई जग्गा प्रदान गरी आफुहरु दानबीर भएको प्रमाणित गर्नु भएको छ | सनमान खत्री दाहालका नाती गणेश बहादुरले जग्गा उपलब्ध गराई को.ले .नि. कार्यालय राख्नु भएको छ भने हरिबाहादुर खत्री दाहाल का छोरा रामबहादुर खत्री दाहाल र तेज बहादुर खत्री दाहालले ईलाका स्वास्थ्य कार्यालय को भवन बनाउन जग्गा उपलब्ध गराउनु भएको छ |त्यस्तै नर बहदुर खत्री दाहालका छोरा खड्ग बहादुर खत्री दाहाल र मेख बहादुर खत्री दाहालले निर्बाचन कार्यालय भवन बनाउन जग्गा उपलब्ध गराउनु भएको छ |
त्यस्तै धनमान खत्री दाहाल का नाति बमबहादुर+जुध्धमाया का छोरा फणिन्द्र बहादुर+खेमकुमारी,र नाती सुदिन+स्मिता खत्री दाहाल नाति सुजित कुमार खत्री दाहाल हरुले "दाहाल प्रतिष्ठान" ओखलढुंगा सिध्धिचरण न.पा =३ मै "बत्स सामुदायिक भवन" बनाउन जग्गा उपलब्ध गराई २०७१ साल पौष १५ गते दाहाल प्रतिष्ठान केन्द्रीय अध्यक्ष { दाहाल प्रतिष्ठान ओखलढुंगा दोश्रो जिल्ला अधिबेसन का प्रमुख अतिथि} शालिग्राम दाहाल द्वारा शिलान्यास गराउनु भएको छ | दाहाल प्रतिष्ठान परीवारको तर्फबाट तपाइँहरु दाहाल वंशका दानीपरीवारलाई दिर्घायु , सुख ,शान्ति समृद्धी,सुस्वास्थ्य एबं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकमाना तथा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ |
Like ·  · 

Tuesday, January 6, 2015

ओखलढुंगामा "दाहाल प्रतिष्ठान"को दोश्रो ऐतिहासिक जिल्ला शाखा अधिबेसन र कार्यालय भवनको सिलान्यास येही २०७१ पौष १५/१६ गते सम्पन्न हुदै :==
दाहाल प्रतिष्ठान ओखलढुंगा जिल्ला शाखा अधिबेसन र दाहाल प्रतिष्ठान जिल्ला शाखा कार्यालय भवन को सिल्यान्यास समेत २०७१ साल पौष १५/१६ मा हुदै छ सबै बन्धु हरुलाई उक्त कार्यमा सहभागी हुन् अनुरोध गिरिन्छ | दाहाल प्रतिष्ठान ओखलढुंगा प्रथम ऐतिहासिक जिल्ला अधिबेसनका दृश्यहरुको केहि झलक
 —