छलकपट त दुइ दिनको न हो
भोलि देखिन्छ यथार्थ दुनियामा
आज बाहाना हजार बनाउदैमा
बस्न सकिन्न आफन्तको मनमा
सत्य त आखिर सत्य न हो
छोप्न सकिंदैन हजारौ बाहानामा
लाखौ कोसिस बेकार हुनेछन
झुटको पर्दा उठ्नेछ कुनै दिनमा
बध्नाम त आखिर बध्नाम नै हो नि
दुनियाको नजरमा होस् या आफन्तको नजरमा
विश्वासघात आखिर घात नै हो नि
रहरमा होस् या बध्येतामा
by: Nabin Dahal
लम्पट राजतन्त्र
कुनै सम्मानित सभामा
बनाएर मलाई प्रमुख अतिथी
पहिर्यालएर खादा-माला आसन ग्रहण गराउँदा
मेरो अंगअंग र रक्तकण सबै हुन्छन् प्रफुल्ल
कुनै मालामाल समिति-कमिटीको अध्यक्ष बनाई
गर्न दिए मलाई बैँक खाताको चेकमा हस्ताक्षर
हात-आँखाका तन्तुतन्तु मेरा दंगदास हुन्छन्
भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?
चिनेजानेको मानिसले बाटोमा
ढोग-दण्डवत-नमस्कारले गरे सम्मानभने
भित्र पस्छ अनौठो उर्जा र जिउ रमरम मक्ख पर्छ
कसैले 'हजुर' भनेर गरे सम्बोधनभने
यी कान हुँदै पस्छ खुशी नसानसामा
हरेक हप्ता-दशदिनमा पत्रपत्रिकातिर
by :
दाहाल परिवारको खोजी
if you have any poems, story ,gajhal ,do send us at
dahalprathisthan@gmail.com. it will be published in this website .