विमानमा बम हुनसक्ने आशंका, आधा घन्टा सबै उडान बन्द |
काठमाडौंबाट भारतको दिल्ली जान लागेको स्पाइस जेटमा शंकास्पद बस्तु फेला परेपछि त्रिभुवन विमानस्थलमा आधा घन्टाका लागि उडान र अवतरण निषेध गरिएको छ। विमानमा बम भएको आशंकामा सबै यात्रुलाई ओरालिएको छ भने सेनाको बम डिस्पोजल टोली विमानस्थल पुगिसकेको छ। नागरिकन्युजकर्मी सुशील भट्टराईका अनुसार विमानस्थल स्रोतले बम रहेको हल्ला भएपछि सुरक्षा सतर्कता अपनाउँदै यात्रुहरुलाई ओरालेको हो। buddha air crash |
त्रिभुवन विमानस्थलबाट माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ। बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।

दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतको तमिलनाडु निवासी र ३ युरोपेली देशका थिए। ३ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए।
ललितपुरका एसपी भोगबहादुर थापाका अनुसार दुर्घटनास्थलमा १८ जनाको शव बरामद गरिएको छ। सेनाको हेलिकप्टरबाट सबै शव विमानस्थलमा पुर्याइसकिएको छ।
जहाजमा रहेका अन्य दुई नेपाली यात्रुमा शारदा कर्मचार्य र जगजन कर्माचार्य रहेको बुद्ध एअरले जनाएको छ। त्यसैगरी भारतीय यात्रुहरुमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज, डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा तालोसुब्रिसम र पी तालोसुब्रिसम थरका यात्रु छन्।
विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्। उनीहरुको राष्ट्रियता खुल्न बाँकी छ।
विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्।
जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो।
नागरिकन्युजकर्मी सुशील भट्टराईका अनुसार १४ वर्षको उड्डयन इतिहास भएको बुद्ध एअरको जहाज दुर्घटना भएको यो पहिलो घटना हो।
छानबिन समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणमा पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ।
विमान दुर्घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणमा पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ।
दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ। बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।
दुर्घटनास्थल। तस्बिरः एएफपी
दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतको तमिलनाडु निवासी र ३ युरोपेली देशका थिए। ३ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए।
ललितपुरका एसपी भोगबहादुर थापाका अनुसार दुर्घटनास्थलमा १८ जनाको शव बरामद गरिएको छ। सेनाको हेलिकप्टरबाट सबै शव विमानस्थलमा पुर्याइसकिएको छ।
जहाजमा रहेका अन्य दुई नेपाली यात्रुमा शारदा कर्मचार्य र जगजन कर्माचार्य रहेको बुद्ध एअरले जनाएको छ। त्यसैगरी भारतीय यात्रुहरुमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज, डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा तालोसुब्रिसम र पी तालोसुब्रिसम थरका यात्रु छन्।
विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्। उनीहरुको राष्ट्रियता खुल्न बाँकी छ।
दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर
जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो।
नागरिकन्युजकर्मी सुशील भट्टराईका अनुसार १४ वर्षको उड्डयन इतिहास भएको बुद्ध एअरको जहाज दुर्घटना भएको यो पहिलो घटना हो।
for any saying mailus at dahalprathisthan@gmail.com
No comments:
Post a Comment