कुनै सम्मानित सभामा बनाएर मलाई प्रमुख अतिथी पहिर्यालएर खादा-माला आसन ग्रहण गराउँदा मेरो अंगअंग र रक्तकण सबै हुन्छन् प्रफुल्ल कुनै मालामाल समिति-कमिटीको अध्यक्ष बनाई गर्न दिए मलाई बैँक खाताको चेकमा हस्ताक्षर हात-आँखाका तन्तुतन्तु मेरा दंगदास हुन्छन् भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको? चिनेजानेको मानिसले बाटोमा ढोग-दण्डवत-नमस्कारले गरे सम्मानभने भित्र पस्छ अनौठो उर्जा र जिउ रमरम मक्ख पर्छ कसैले 'हजुर' भनेर गरे सम्बोधनभने यी कान हुँदै पस्छ खुशी नसानसामा हरेक हप्ता-दशदिनमा पत्रपत्रिकातिर