Saturday, March 29, 2014

पुर्ब थलो "दैलेख"मा दाहाल प्रतिष्ठान


दाहालकेा पुख्यैाली थलेा दहमा रहेकेा पुर्खाकेा नासेा पञ्चदेवल

भारतको गुहाटी {आसाम}मा "दाहाल प्रतिष्ठान" को कार्यालय हुने

भारतको गुहाटी {आसाम}मा "दाहाल प्रतिष्ठान" को कार्यालय हुने}==
"दाहाल प्रतिष्ठान"का केन्द्रीय सह-अध्यक्ष श्री दुर्गाप्रसाद को तेतृत्वमा एक प्रतिनिधिमंडलले भर्खरैमात्र भारतका बिभिन्न ठाउको भ्रमण गरेको छ| सोहि अबसरमा आसाम, तेजपुर जिल्ला सदिया चुन्पुरामा दाहाल पारिबारले लगाएको पुराण मा समेत सहभागी हुनु भएको छ |
येही भ्रमणको क्रममा दाहाल बन्धुहरुको गुहाटी {आसाम} भेलामा सबै छेत्रलाई समेटेर एउटा दाहाल प्रतिष्ठान अन्तर्गत रहने गरी "दाहाल प्रतिष्ठान पुर्बोत्तर राज्य समिती" गठन गरी गुहटी मा कार्यालय राख्ने निर्णय भएको छ | अग्रज ब्यक्क्तित्व श्री दल बहादुर दाहाल छेत्री {D.B.Chetri} अध्यक्क्ष र डा.लोकनाथ दाहाल कार्यकारी अध्यक्क्ष रहेको समितीले सबै राज्यका प्रतिनिधि राखी "दाहाल प्रतिष्ठान पुर्बोत्तर राज्य समिती"लाई चाडै पूर्णता दिनुहुनेभएको छ | उक्त भ्रमण टोलीमा बरिस्ट उपाध्यक्ष श्री कमल प्रसाद दाहाल, सचिब श्री लोमनाथ दाहाल ,कोषध्यक्ष श्री यीशुराज दाहाल,केन्द्रीय सदस्य श्री महेन्द्र दाहाल हुनु हुन्थ्यो |
 (5 photos)

छत ढलाई को तयारीमा हाम्रो घर


छत ढलाई को तयारीमा हाम्रो घर }=
बिराटनगर -५ कनचंबारी अच्युत मिल को कम्पाउण्ड भित्र बन्धु आत्माराम दाहाल द्वारा प्रदान गरिएको २ कट्ठा {लगभग ८०लाख् मूल्य पर्ने } जग्गामा निर्माण भईरहेको "दाहाल प्रतिष्ठान" को सामुदायिक भवनको आगामी चैतको पहिलो हप्तामा ढलाई हुने भएको छ | दाहाल बन्धुहरुको आर्थिक सहयोगमा यो भवन तयारी भई रहेको छ | दाहाल परिबारका कार्यक्रम लगायत सामुदायिक भवनबाट गरीने बिबाह, उपनयन र अन्य भिभिन्न कार्यक्रमहरु यहि भवनबाट संचालन हुने कुरा निर्माण समिती का सचिब तथा दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य द्रोणाचार्य दाहाल ले बताउनु भयो|वैशाखको गोठधुप बाट यो भवनमा कार्यक्रम गर्न सुरु गरिने समेत जानकारी गर्नु भएको छ|

दाहालहरुको मूल थलो दैलेखका इतिहाशिक तथ्यहरु

दाहालहरुको मूल थलो दैलेखका इतिहाशिक तथ्यहरु }==
दाहाल प्रतिष्ठान केन्द्रीय बुद्धजीवि परिषद सदस्य प्रहरी उपरीक्षक श्री किशोर दाहालले दैलेख जिल्लाको दुल्लु को गौरी गा.बि.स.दह गाउको भ्रमण गरि इतिहाशिक धरोहरका केहि फोटा संग्कलन गरि पठाउनु भएको हो | उक्त स्थानमा आगामी चैत्र २ गते देखि चैत ४ गते सम्म दाहाल बन्धु हरुको भब्य कार्यक्रम रहेको समेत जनकारी गराउनु भएको छ |अत सबै बन्धुहरुलाई सहभगी हुन अनुरोध गरीन्छ |
 

दाहाल हरुको उद्गम स्थल दैलेख मा चैत्र २ देखि ४ गते सम्म हुने दाहाल भेला

दाहाल हरुको उद्गम स्थल दैलेख मा चैत्र २ देखि ४ गते सम्म हुने दाहाल भेला मा सहभागि हुन दाहाल प्रतिश्थान केन्दिय कार्य समिति का सह- अध्यक्ष दुर्गा प्रसाद दाहाल र बरिश्त उपाध्यक्ष कमल प्रसाद दाहाल चैत्र १ गते दैलेख तर्फ प्रस्थान गर्दै हुनु हुन्छ । — 

दाहाल परिबारको ईतिहास खोज्दै दाहालका हस्तीहरु

दाहाल परिबारको ईतिहास खोज्दै दाहालका हस्तीहरु }==
दाहाल परिबार को उद्गमथलो दैलेख को दुल्लु दह गाउमा दाहालको नेतृत्व गर्ने बन्धुहरु धमाधम पुग्न लाग्नु भएको छ | काभ्रे जिल्लाका श्री यज्ञ प्रसाद दाहलको नेतृत्वमा गएको टोलि अस्तिनै दैलेख पुगी सकेको छ भने दाहाल प्रतिष्ठान केन्द्रीय सह-अध्यक्ष श्री दुर्गा प्रसाद दाहाल र कन्द्रीय बरिस्ट उपाध्यक्ष श्री कमल प्रसाद दाहालले नेतृत्व गरेको टोलि आज बिहान दैलेख पुग्दै छ |त्यस्तै कास्की अध्यक्क्ष श्री हिरामणि दाहाल र कृष्ण प्रसाद दाहालले नेतृत्व गरेको टोलि पनि आज बिहानै दैलेख पुग्दैछ |दाहाल को मूल थलोमा हुने ३ दिने कार्यक्रम चैत्र ४ गते सम्म चल्ने छ भने यो कार्यक्रमको समन्वय दाहाल प्रतिष्ठान केन्द्रीय बुद्धिजीवी परिषद का सदस्य {प्रहरी उपरीक्षक} श्री किशोर दाहालले गरी रहनु भएको छ |
1Like ·  · 

पूर्व, मध्य, पश्चिम र मध्य पश्चिमका दाहाल वन्धुहरूकाे संस्थागत प्रतिनिधित्व समेत भएको दाहालहरुको उद्गम स्थल दैलेखकाे दहमा सम्पन्न प्रथम एेतिहासिक दाहाल भेलाका केहि दृश्यहरु

दाहालको उद्गम स्थल दैलेखको दह

दाहालका सन्ततिहरु समेत अध्ययन गर्ने दाहालको उद्गम स्थल दैलेखको दह स्थित भैरब नि.मा.वि. गौरी -२ को फोटो सहितको विवरण ; स्थापित २०४२, जग्गा क्षेत्रफल १३८८ वर्ग मिटर, बिद्यार्थी संख्या २६४,छात्र १३१,छात्रा १३३, शिक्षक ९ जना(राहत र निजी स्रोत समेत ),महिला ४,पुरुष ५, प्रधानाध्यापक चक्र दाहाल ।